
बार्सिलोनाबाट बाहिरिने योजनामा रहेका लियोनल मेसी क्लबको प्रि–सिजन अभ्यासमा सहभागी नहुने भएका छन् । उनले प्रि–सजिनमा सहभागी नहुने मनसाय राख्दै प्रशिक्षक रोनाल्ड केएमनले आग्रह गरेको पिसिआर परीक्षण गराउन नचाहेको स्पेनिस खेल पत्रिका मार्काले जनाएको छ ।

रोनाल्डले सोमबारबाट प्रशिक्षण सुरु गर्नुअघि आइतबार सम्पूर्ण खेलाडीहरूको पिसिआर परीक्षण गर्ने योजना बनाएका छन् । यसलाई मेसी र बार्सिलोनाको द्वन्द्वको पछिल्लो घटनाक्रमका रूपमा लिइएको छ ।
यसअघि सञ्चारमाध्यमहरूले मेसीले बार्सिलोना नछाड्दासम्म प्रि–सिजन अभ्यासमा सहभागिता जनाउन सक्ने बताउँदै आएका थिए । तर, अब मेसीले प्रशिक्षणमा नजाने निर्णय गरेको र यसले मेसी र बार्सिलोना बीचको द्वन्द्वलाई बढाउनसक्ने अनुमान गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02