निसर्ग हस्पिटलका चार जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा दुई जना नर्सिङ र दुई जना सफाई कर्मचारीमा कोरोना पुष्टि भएको हो । कर्मचारीहरुमा कोरोना देखिए पनि अस्पतालका सवै सेवाहरु भने सुचारु नै रहेको निसर्ग हस्पिटलले जनाएको छ ।
भदौ ९ गते निसर्ग हस्पिटलको आईसियुमा उपचाररत एक जना बिरामीलाई कोरोना संक्रमण देखिएपछि बिरामीको प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा भएका सवै कर्मचारीहरुलाई होटेलमा क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका तथा अन्य गरेर एक सय ३५ जना कर्मचारीहरुको कोरोना परिक्षण गर्दा दुई जना नर्सिङ र दुई जना सफाई कर्मचारीहरुमा कोरोना पोजेटिभ आएको छ हो ।
लक्षण नभएका उनीहरु चारैजना कर्मचारीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु अहिले सेल्फ आईसोलेसनमा बसेको अस्पतालले जनाएको छ । हस्पिटललाई पुर्ण रुपमा बाफद्वारा सम्पुर्ण जीवाणु, किटाणु नास गर्ने कार्य गरी सकिएको र सम्पुर्ण सेवाहरु सुचारु गरिएका छन् । रिपोर्ट आउन बाँकी अन्य २ जना कर्मचारीहरुलाई होटेलमै क्वारेन्टिनमा राखिएको छ ।