सुदूरपश्चिममा करीव पाँच हजार संक्रमित सञ्चो  भए
2020/08/30, 10:32
 
corona

सुदुरपश्चिम प्रदेशमा आइतबार सम्ममा पाँच हजार ८५४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै चार हजार ९२९ जना सञ्चो भएका छन ।

सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किले दिएको जानकारी अनुसार कैलालीमा एकहजार ६९९, कंचनपुरमा ६७९, डडेल्धुरामा ३१६, डोटीमा ९२२, जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै बैतडीमा ३६९, दार्चुलामा ४८, बाजुरामा ४५२, बझाङमा ३७० र अछाममा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्किले जानकारी दिए । 

यसैगरि कोरोना संक्रमण निको हुनेमा कैलालीका एकहजार ३३१, कंचनपुरका ६१६, डडेल्धुरा २९९ र डोटीका ८०३ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । त्यस्तै बैतडीका ३२२, दार्चुला ४१, बाजुरा ४४२, बझाङ २८० र अछामका ७९५ जना कोरोना संक्रमणबाट निको भएका छन । 

प्रदेश भरि कोरोनाबाट मृत्यु हुनेको संख्या ११ रहेको स्वास्थ महाशाखाले जानकारी दिएको छ । जसमा कैलालीका ६, बाजुराका २, बझाङका २ र अछामका १ जना रहेको महाशाखा प्रमुख कार्कीले बताए ।

त्यस्तै प्रदेश भरी एकहजार ६८५ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेसनमा ८१४ जना रहेको प्रदेश महाशाखा प्रमुख कार्कीले बताए । उनले अहिलेसम्म प्रदेश भरी ६१ हजार ८४६ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको बताए ।