जोशीपुर गाउँपालिकाले निषेधाज्ञाका नामममा सम्पूर्ण कामकाज बन्द गरेको छ । प्रमुख प्रशासकीय अधिकृतले कमलराज उपाध्यायले जिल्ला प्रशासन कार्यालयले भदौ १९ गते राति १२ बजेसम्म जारी गरेको निषेधाज्ञालाई आधार बनाएर जारी गरेको सूचनामा भदौ १९ सम्म गाउँपालिकाको सम्पूर्ण कामकाज बन्द गरिएको उल्लेख गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका तर्फबाट जारी गरिएको निषेधाज्ञामा स्थानीय तह बन्द बन्द गर्नु पर्ने भने उल्लेख छैन । जवकी बैंकहरु पनि यो अबधिमा हप्तामा तीन दिन खुला छन् । जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने आफूखुशी गाउँपालिका बन्द गर्ने निर्णय गरेका हुन् ।
यद्दपि आवश्यक परेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले बोलाए भने हाजिर हुन कर्मचारीलाई निर्देशन दिईएको छ । प्रमुख प्रशासकीय अधिकृतको निर्देशन अटेर गर्ने कर्मचारीको हाजिरी गयल गर्ने सूचनामा उल्लेख छ ।