मेस्सीको सम्झौता बाँकी नै रहेको ला लिगाको अड्डी, अर्को क्लब जान कठिन
2020/08/31, 2:53

लियोनेल मेस्सीका वकिलहरूले जस्तो तर्क दिएको भए पनि ला लिगाले बार्सिलोनासँग उनको सम्झौता कायमै रहेको अर्थात् उनी सित्तैमा क्लब छोड्न नपाउने अड्डी लिएको छ ।

कुनै क्लबले उनलाई लिन चाहेमा ८३३ मिलियन डलर बराबरको रिलीज क्लजको पैसा तिर्नुपर्ने हुन्छ ।
मेस्सीले सन् २०१७ मा क्लबसँगको सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा भएको एक प्रावधानले उनलाई जुन १० सम्ममा क्लब छोड्ने आधिकारिक अनुरोध पठाएको खण्डमा सित्तैमा जान पाउने अनुमति दिन्छ ।

त्यो मिति गुज्रिसकेको भए पनि स्पेनको फूटबल सीजन सकिएको जनाउनका लागि उक्त मिति तोकिएको र कोभिड–१९ का कारण सीजन नै ढिलो सकिएकाले उक्त मितिको औचित्य नरहेको मेस्सीको कानूनी सल्लाहकार टोलीको जिकिर छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02