मोर्गन र मालानको अर्धशतकमा इंग्ल्याण्डको जित
2020/08/31, 3:00
 
morgen

घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको दोस्रो टी-२० क्रिकेटमा ५ विकेटको जित हात पारेको छ । कप्तान इओन मोर्गन र डेविड मालानको शतक प्रेरित इंग्ल्याण्डले पाकिस्तानलाई पराजित गर्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।

म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्डमा भएको खेलमा १९६ रनको लक्ष्य सहित ब्याटिङ गरेको इंग्लयाण्डले ५ बल बाँकी छै ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । कप्तान इओन मोर्गानले ३३ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए ।

त्यस्तै डेविड मलानले अविजित ५४ रन जोडे । उनले ३६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । यस्तै जोनी बेयर्‍स्टोवले ४४ रन जोडे । पाकिस्तानका लागि सदाब खानले ३ विकेट र हरिस राउफले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा गरेको पाकिस्तानले कप्तान बाबर अजाम र मोहम्मद हाफिजको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । हफिजले सर्वाधिक ६९ रन बनाउँदा कप्तान बाबर आजमले ५६ रन बनाए ।

यस्तै फकर जमानले ३६ रन जोडे । इंग्ल्याण्डका एदिल रसिदले २ तथा क्रिस जोर्डन र टम कुरनले एक-एक विकेट लिए ।