गौरीफन्टा नाका बारे कैलाली कांग्रेसको चाँसो
2020/08/31, 6:13
 
Sima

 नेपाली कांग्रेस कैलालीले गौरीफन्टा सीमा नाका र भन्सार कार्यालयको अन्यौल्ता बारे चाँसो व्यक्त गरेको छ।

सोमबार जिल्ला सभापति नरनारायण शाह(मनुु) नेतृत्वको कांग्रेसको टोलीले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई भेटेर सीमा र भन्सार कार्यालयको अन्यौल्ता बारे जानकारी लिएको छ। उनीहरुले सीमा क्षेत्रको व्यवस्थापन जोसुकै जिल्लाबाट भएपनि भन्सार कार्यालय कैलालीबाट सार्न नहुने भन्दै प्रशासनलाई ध्यानाकर्षण गराएका छन्। 

सभापति शाहले सीमा क्षेत्रको बारेमा सामाजिक सञ्चालनमा देखिएको टिकाटिप्पणीका बारेमा समेत प्रमुख जिल्ला अधिकारी बोहरालाई ध्यनाकर्षण गराएका छन्। जवाफमा प्रमुख जिल्ला अधिकारी बोहराले गौरीफन्टा सीमा नाकाको व्यवस्थापन दुवै जिल्लाको संयुक्त टोलीले गर्दै आएकोमा अब कञ्चनपुरले मात्र गर्ने बताए। उनले सीमा क्षेत्र कञ्चनपुरमा पर्ने भएकाले कञ्चनपुर प्रशासनले व्यवस्थापन गर्न कुनै अन्यौल्ता नभएको प्रतिक्रिया दिएका छन्। 

यस्तै भन्सार कार्यालयको विषयमा प्रमुख जिल्ला अधिकारी बोहराले कञ्चनपुरमा रहेको बेलौरी छोटी भन्सार समेत कैलाली भन्सारको मातहतमा भएको बताए। 

सभापति नारायण शाहको नेतृत्वमा गएको टोलीमा जिल्ला उपसभापति प्रकाश बम, जिल्ला सदस्य शेरबहादुर देउवा, पुरन चौधरी र नृपबहादुर सुनार रहेका थिए।