
नयाँ मुलुकका रुपमा नेपालमा गाभिएयता कैलालीको मातहतमा रहेको गौरीफन्टा र सोसंगै जोडिएको डोकेबजार क्षेत्रको समस्या समाधानका लागि बिभिन्न बिकल्पमा छलफल शुरु भएको छ । भारतीय नाका गौरीफन्टासंग जोडिएको कैलाली र कञ्चनपुरको सीमा क्षेत्रको स्वामित्वलाई लिएर भदौ ११ गतेदेखि उत्पन्न समस्याको स्थायी समाधानका लागि दुई वटा बिकल्पमा छलफल शुरु भएको धनगढीबाट निर्बाचित प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले बताए ।

सो समस्या समाधानका लागि नेपाल सरकार समक्ष डोकेबजार कैलालीमा समाहित गर्ने तथा पुरानो काठको पुल भएको ठाउँमा नयाँ पक्की पुल निर्माण गर्ने विषयमा केन्द्रीय स्तरमा भएको छलफलका क्रममा निस्किएका दुई वटा बिकल्प प्रस्तुत गरिएको सांसद रानाले बताए ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:34
2025/02/13, 1:11
2020/06/14, 4:27
2020/10/18, 11:35
2021/06/28, 4:25