
कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ। दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका थिए।
उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54