६ हजार बढिमा कोरोना पुष्टि भएको सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या आठ सय रहेको छ । प्रदेशभर ६ हजार एक सय ७९ जनामा संक्रमण पुष्टि भएकोमा आठ सय ९ ‘एक्टिभ केस’ अथवा संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढि कैलालीमा सक्रिय संक्रमित छन् । स्वास्थ्य निर्देशनालयले कैलालीमा तीन सय ७९ जना संक्रिय संक्रमित रहेको जनाएको छ । जिल्लामा एक हजार ८ सय ११ संक्रमित रहेकोमा एक हजार चार सय २६ जना डिस्चार्ज भईसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।
कैलालीपछि बझाङमा एक सय २४, डोटीमा ८६, अछाममा ७४, बैतडीमा ५६, कञ्चनपुरमा ५३, डडेल्धुरामा २०, दार्चुलामा ९ र बाजुरामा ८ जना संक्रमित संक्रमित छन । अहिले सम्म डोटीका आठ सय ६९, अछामका आठ सय ४८, कञ्चनपुरका ६ सय ३७, बाजुराका चार सय ४२ जना संक्रमित डिस्चार्ज भएका छन् ।
यस्तै बैतडीका तीन सय २५, बझाङका तनि सय ११, डडेल्धुराका दुई सय ९९, दार्चुलाका ४१ जनाले पनि कोरोना जितेका छन् ।