कराँतेमा जमिरहेका जगतको देशका लागि खेल्ने धोको 
2020/09/06, 11:53
 
jagat dhanuk

सीताराम ओझा-  डोटीको पुर्वीचौकी गाउँपालिकाका १९  बर्षीय जगत सिंह धानुकले कराँते सिकेको ७ बर्ष पुगेको छ । कक्षा ७ मा धनगढीमा रहँदा कराँतेमा लागेका उनले यो अवधिमा उनले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागीता जनाईसकेका छन् । केही दिनअघि मात्रै नेपालका कराँते खेलाडी धानुकले अन्तर्राष्ट्रिय इकाता तेन्सिकाँन कराँते च्यम्पियनसिपमा रजत पदक जितेका छन् ।

1

1

तेन्सिकान सोतोकान कराँते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा धानुकले रजत पदक जितेका हुन् । उनले १९ वर्षमुनि उमेर समूहमा रजत जितेका हुन् । अनलाईन प्रतियोगितामा रजत पदक जित्दा अर्को अनलाईन प्रतियोगिताको नतिजाको प्रतिक्षामा रहेका छन उनी । 

4

1

डोटीमा जन्मिएर पनि वाल्यकाल धनगढीमा वित्यो धानुकको । सानै उमेरदेखि ठुलो बुबा र आमासँगै तारानगरमै बसेर मावि तहसम्मको अध्ययन गर्ने क्रममै उनी कराँतेतिर लागेका हुन् । पढाईसँगै खेलकुदमा लाग्ने रहरले उनी धनगढीको कभर्डहल पुग्दा कराँतेले उनलाई तान्यो । आत्मरक्षा पनि हुने र आफुले गर्न सक्छु भन्ने लागेर कक्षा ७ मा पढ्ने वेला उनले कराँते सिक्न थाले ।

4

2

कराँते खेलाडी ललीत खत्रीले उनलाई प्रशिक्षण दिए । धानुकले सुरुमा कुमुते अर्थात फाईट तर्फ सिक्न थाले । प्रशिक्षक खत्रीले उनलाई काता अर्थात प्रदर्शन तर्फ लाग्न सुझाव दिए । त्यसपछि उनले कुमेते र काता दुबै तर्फ प्रशिक्षण लिए र अहिले सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागीता जनाईरहेका छन् । 

2

2

२०७२ सालमा उनले पहिलो राष्ट्रिय प्रतियोगिता खेले । काठमाण्डौंमा भएको प्रतियोगितामा अनुभव पाउने मौका मिल्यो । त्यसपछि उनको हौसला वढ्दै गयो । कडा मेहनत पनि गर्न थाले । २०७४ मा राखेप च्याम्पीयनसीपमा पनि टीम काता तर्फ नै रजत पदक जिते । धनगढीमा भएको आठौं अन्तराष्ट्रिय कराँते प्रतियोगितामा काता तर्फ धानुकले स्वर्ण पदक जिते । सल्यानमा भएको प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराँते कपमा एकल कता र कुमुतेमा रजत पदक जिते । 

5

2

सोही प्रतियोगिताको दोस्रो संस्करणमा भने धानुक र उनको टीमले ६० किलो कुमुते तर्फ रजत र काता तर्फ कास्य पदक जिते । प्रथम मेयर कप कराँते च्याम्पीयनसीपमा काता तर्फ र ६० किलो कुमुतेमा कास्य पदक जिते । सातौं राष्ट्रिय खेलकुदमा सहभागीता जनाए पनि त्यसमा पदक पाउन नसकेका धानुकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने काता तर्फ कास्य पदक जिते । आफुहरुका अधिकांश प्रतिस्पर्धा विभागीय खेलाडीहरुसँग हुने गरेका कारण पदक जित्न कठिन हुने उनी बताउँछन् ।

2

1

उनी दुई पटक नेपाली कराँते टीम छनोटका लागि बन्द प्रशिक्षणमा परिसकेका छन् । एसियन र साग खेलका लागि उनी बन्द प्रशिक्षणमा परेकी हुन् । सन् २०१६ मा ओपन नेशनल कराँते च्याम्पीयनसीपमा प्रथम भएर उनी बन्द प्रशिक्षणमा परेका थिए । उनले दिल्लीमा तेस्रो साउथ एसियन कुलिड जुनियर तथा सिनियर कराँते च्याम्पीयनसीपमा पनि कास्य पदक जिते । प्रारम्भदेखि नै धनगढी कराँते एकेडेमीका उत्पादन हुन ।  

2

धानुक सन् २०१६ मा काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी छनौट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भई नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली कराते महासंघद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागी भएका थिए । सो प्रतियोगितामा उनले समुह काता तर्फ कास्य पदक जितेका थिए । 

2

सुदूरपश्चिम प्रदेशमा आफ्नो स्पर्धामा च्याम्पीयन उनले राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित ५० औँ राष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक र ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा काता र कुमिते तर्फ दोहोरो कास्य पदक जितेका थिए । तर, नेपालमै आयोजित १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छनौटको अन्तिम चरणसम्म पुगेर पनि आफ्नो स्थान सुरक्षित गर्न असफल भएका थिए ।

2 
हालै भएको प्रथम नेपाल अनलाईन कराँते प्रतियोगितामा पनि स्वर्ण पदक जितेका जगतको अवको लक्ष्य देशका लागि खेल्ने रहेको छ । त्यसका लागि उनी कडा अभ्यासमा पनि लागिसकेका छन् । कक्षा ६ सम्म ज्ञान निकेतन, एसएलसीसम्म ऐश्वर्य विद्या निकेतन, ११ र १२ कैलाली बहुमुखी क्याम्पसमा पढेपछि अहिले उनी नेपाल कमर्श क्याम्पसमा बीबीएस अध्ययन गरिरहेका छन् । त्यहाँ पनि उनले कराँते प्रशिक्षण छोडेको छैन् ।

1

एक एकेडेमीमा कराँते अभ्याससँगै प्रशिक्षण पनि दिईरहेका उनी एक विद्यालयमा पनि कराँते सिकाईरहेका छन् । तर खेलकुद क्षेत्रलाई अझै सहयाग गर्न नसकेकोमा उनी दुःखी छन् । आफ्नो गाउँपालिकालाई पनि सहयोगका लागि भने तर सहयोग पाईएन् । तर पनि उनले हार खाएका छैनन् । नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएर पदक जित्ने उनको सपना छ । त्यो सपना चाडै पुरा होस् । 

 

1