सुदूरपश्चिममा २०९  जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित
2020/09/10, 10:24
 
corona

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १२४ जना सुरक्षाकर्मी गरी २०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको  छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी सङक्रमित रहेका छन् । कैलालीको गोरुङ्गे स्थित सेनाको सुदूरपश्चिम तालिम शिक्षालयमा ६७ र डोटी स्थित सैनिक गणमा २४ जना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तालिम शिक्षालयमा सुरुमा चार जनामा लक्षण सहितको कोरोना पुष्टि भएको थियो । 

अहिले चारै जना सैनिकको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको सम्पर्कमा आएको व्यक्ति पहिचान गर्न १०५ वटा सिआइसिटी टोली सुदूरपश्चिम प्रदेशभर खटिएको निर्देशनालयका कोभिड–१९ का सम्र्पक व्यक्ति हेमराज जोशीले बताए ।  “यो टोलीले अहिलेससम्म सुदूरमा संक्रमितहरुको सम्र्पकमा आएका नौ हजार ७० जनाको स्वाब संकलन गरिसकेको छ,” उनले भने,“यहाँ कन्ट्रयाक टे«सिङबाट अहिलेसम्म १०६ जना सं सङ्क्रमित  फेला परेका छन् ।”

त्यसैगरी कोरोना भाइरस सङ्क्रमण न्युनीकरणका लागि अग्रपंक्तिमा खटिएका बैतडी बाहेक यहाँका आठ वटा जिल्लामा स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । यहाँ सबैभन्दा बढी अछाम जिल्लामा ४१ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी बझाङ्गमा एक, बाजुरामा सात, डडेल्धुरामा दुई, दार्चुला र डोटीमा एक÷एक, कैलालीमा २६ र कञ्चनपुरमा छ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको छ ।

सुरक्षाकर्मीतर्फ डडेल्धुरा बाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको छ ।  जनप्रतिनिधी र अन्य सरकारी कर्मचारीमा पनि सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । “जनप्रतिनिधी र कर्मचारी गरी यहाँ विभिन्न जिल्ला गरी २६ जनामा सङ्क्रमण देखिएको छ ।” कोभिड–१९ का सम्र्पक व्यक्ति जोशीले भने–“ भारतबाट अन्य मुलुकबाट आएका १०१ जनामा पनि यहाँसङ्क्रमण देखिएको छ ।”

त्यसैगरी ट्रावल हिस्ट्री नै नभएको ४२ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म ६ हजार एक सय ४५ जनामा सङ्क्रमण देखिएकोमा पाँच हजार नौ सय ९३ जना निको भइसकेका छन् । “एक हजार २६३ जनाको रिपोर्ट आउन बाँकी छ ।” उहाँले भन्नुभयो–“ यहाँ धनगढी, डडेल्धुरा, डोटी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण भइरहेको छ ।”
ती मध्ये २९५ जना आइसोलेसनमा बसिरहेका छन् ।

बाँकी होम आइसोलेसनमा रहेका छन् । सङ्क्रमित मध्ये यहाँ एक जनाको आइसियु र अर्को एक जनाको भेन्टिरलेटरमा उपचार भइरहेको छ । यद्यपि आसियु र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुको संख्या बढेपछि यहाँ समस्या हुने देखिएको छ ।सुदूरपश्चिममा आइसियु र भेन्टिलेटरको अभाव छ । हालसम्म सुदूरमा १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । उमेर समुहका आधारमा हेर्ने हो भने यहाँ सबैभन्दा बढी एक हजार आठ सय ७५ जना २० देखि २९ बर्ष उमेर समुहका सङ्क्रमित रहेका  छन् ।