सुदूरपश्चिम प्रदेशमा थप ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिहिवार कैलालीका ५१, डडेल्धुराका नौँ र कञ्चनपुरका ८ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।
योसंगै प्रदेशमा पाँच हजार चार सय ६१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार चार सय ९६ जना निको भएर घर फर्किएका छन् ।
यस्तै डोटीका नौ सय सात, अछामका आँठ सय ९३, कञ्चनपुरका ६ सय ७३ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६४, बैतडीका तीन सय २५, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।
सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय ८८ पुगेको छ । उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ ।