रोजागारीको शिलशिलामा भारत गएका बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–१० का धर्मेन्द्र लावड गत चैत्रको अन्तिम तिर घर फर्किएकन हुन । विश्वभर कोरोना महामारी चलेको बेला उनले पनि भारतको रोजगारी छोडेर झण्डै ६ महिना जति घरमै बसे । कोरोना संक्रमण नरोकिएपछि उनलाई घरखर्च चलाउन पनि निकै समस्या सृजना भयो ।
जेनतेन कर्जाले घर चलाएका लावडलाई आर्थिक समस्याले निकै पिरोलेपछि माहामारी कै बिच उनी पुन भारत गएका छन् । “साझँ विहान लाउन समेत निकै समस्या सृजना भयो, आफ्नो जयानको माया भन्दा छोरोछोरीको माया पिरोल्न थाल्यो ।” लावडले भने, “गाउँघरमा रोजगारीको केही सिप नचलेपछि ज्यान जोखिमको प्रभाव नगरी घरखर्च चलाउनका लागि भारत जानुपर्ने बाध्यता भयो ।” भारतमा उनी सामान्य मजदुरी गरेर मासिक १५ हजार भारु ज्ति कमाउछन् । आफूले कमाएको पैसाले उनी घर खर्च लगायत छोराछोरीको पढाईमा खर्च गर्ने गर्दछन् ।
“स्वदेशमा बस्दा आफूहरु भोकै मरिरहेको अवस्था छ, कमसेकम भारग गएपछि परिवार त बच्छ ।, मरेपनि भातमै मरिएला हाम्रो दुख हामी सँगै छ ।” उनले भने, ।लावड जस्तै अहिले स्वदेश फर्कनेको नेपालीको सङ्ख्या भन्दा स्वदेशबाट भारत जाने नेपालीको सङ्ख्या बढी रहेको छ । नेपालमा रोगजारी नहुनु तथा गरिबीका कारणले गड्डाचौकी नाकाबाट दैनिक जसो सयौको सङ्ख्यामा भारत जाने नेपालीको सङ्ख्यामा पनि बढोत्तरी आएको छ ।
लावड जस्तै भारतबाट स्वदेश आएका अन्य नेपालीको समस्या पनि उस्तै छ । भारतबाट वैशाखमा नेपाल आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीका राम सिंह विष्ट पनि महामारीकै बिच रोनगारीका लागि भारत गएका छन् । महामारीबाट बच्न वैशाखमा नेपाल आएका विष्टलाई बेरोजगारीका कारण माहामारीकै बिच भारत जानु परेको छ ।
“आउनलाई त धेरै माया स्नेहका साथ आए, घरमा पुगेपछि आनन्द नै महसुस भयो ।, स्वदेश आएको महिनौ वितिसक्दा पनि गाउँ घरमा रोजगारी केही पाइएन, बेरोजगारीले परिवारमै समस्या आएपछि बाध्यता भएर पुन भारत फर्किनुपरेको छ ।” उनले भने, । काम नपाएपछि घरमा बस्दा बस्दा रोगले भन्दा पहिला भोकले मर्ने जस्तो स्थिती आएकाले भारत जानु परेको विष्टले बताए । गाउँघरमा कामको खोजीमा थुप्रै ठाउँ भौतिरिएका विष्टले सामान्य लेबरको काम पनि नपाएपछि महामारीकै बिच ज्यान जोखिममा राखेर भारत पसेका छन् ।