सुदूरपश्चिम प्रदेशमा थप ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शुक्रवार कैलालीका ५ र कञ्चनपुरका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।
योसंगै प्रदेशमा पाँच हजार चार सय ६७ संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ५ सय एक निको भएर घर फर्किएका छन् ।
डोटीका नौँ सय सात, अछामका आँठ सय ९३, कञ्चनपुरका ६ सय ७४ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६४, बैतडीका तीन सय २५, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन ।
सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार चार सय ६ पुगेको छ । उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ ।