
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ७ सय ७५ पुगेको छ । प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या सात सय ७५ पुगेको हो ।

जिल्लाका सक्रिय संक्रमित संख्या मध्ये कैलालीमा सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कैलालीमा चार सय ७५ जना संक्रमित रहेका छन् ।
कैलालीमा एक हजार ९ सय ८५ जनामा संक्रमण पुष्टि भएकोमा एक हजार पाँच सय चार जना संक्रमण मुक्त भएका छन । यसैगरी कञ्चनपुरमा सक्रिय संक्रमित ५२, डोटीमा ५८, दार्चुलामा ७, डडेल्धुरामा ७, बाजुरमा ९, बझाङमा ७१, बैतडीमा ५६ र अछाममा ४० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/30, 11:46
2022/12/08, 6:25
2024/05/13, 1:07