
कञ्चनपुरमा दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी सहितका दुई जना घाईते भएका छन् । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका हुन ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना घाईते भएका कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।
उनको झलारी स्थित शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ । ट्रकका चालक फरार रहेका छन भने र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54