क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि काठमाण्डौं लगियो, ग्राण्डीमा उपचार गरिदैं 
2020/09/14, 4:08
 
acident

दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई काठमाण्डौं लगिएको छ । उनको स्वास्थ्य अवस्था खतरा बाहिर रहेपनि थप उपचारका लागि आज हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको हो । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए ।

अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै बाँके स्थित कोहलपुर शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो र ललितलाई आइतबार राती ११ बजे धनगढीबाट कोहलपूर ल्याइएको थियो । ललितका नातेदार फुपाजु रामसिंह खत्रीले ललित खतरा बाहिर रहेको र होस आएको बताएका छन् ।

‘दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । ललितको दायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ । हातको कुम, एंगल पनि चोट लागेको छ ।’ ‘छाती र टाउकोमा चोट लागेको हुँदा धेरै ठूलो डर थियो । तर अहिले त्यो ठूलो डर टरेको छ । ललितको उपचारमा खटिएका चिकित्सकहरुले अवस्था सामान्य छ भन्नु भएको छ । छाती र टाउको डर अब पहिला जस्तो छैन । अहिले अवस्था राम्रो छ । चिन्ता लिनु पर्ने अवस्था छैन’, उनले भने ।

यसैबीच सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको थप उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा भईरहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ललितको थप उपचार ग्राण्डी अस्पतालमा भईरहेको जनाएको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानको फेसबुक पेजमा एक विज्ञप्ति निकाल्दै नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ललितलाई सोमबार नै काठमाडौं लगेर ग्राण्डी अस्पतालबाट थप उपचार गरिरहेको बताएका छन् । क्यानले ललितको अवस्था सुधारोन्मुख रहेको समेत जनाएको छ । हात र खुट्टामा गम्भिर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

1

नेपाली फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका बायाँ हाते तीव्र गतिका बलर ललितले पछिल्लो समय चोटकै कारण राष्ट्रिय टोली बाहिर थिए । ललित घरेलु क्रिकेट नेपाल पुलिसबाट खेल्ने गर्दछन् । ललितले सन् २०१७ मा आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत संयुक्त अरव इमिरेट्र्स (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ललितले सन् २०१८ मा नेदरल्यान्ड्स विरुद्ध ओडिआईमा डेब्यु गर्दै दुई विकेट लिएका थिए । तर चोटका कारण टोलीमा नियमित स्थान बनाउन संघर्ष गर्दै आएका थिए ।