सुदूरपश्चिमका थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९० पुग्यो 
2020/09/15, 3:27
 
corona

सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशाला, डडेल्धुरा अस्पताल र डोटी अस्पतालका प्रयोगशालामा गरिएको परिक्षणमा थप ५४ जनामा कोरोना पुष्टि भएको हो । 

डोटीका थप २९ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार डोटीको सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आर्दश गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

धनगढीको सेती प्रयोगशालामा भएको परिक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा गरिएको चार सय ३४ नमुना मध्ये थप १३ जनामा कोरोना पुष्टि भएको हो । त्यसमा ८ जना पुरुष र पाँच जना महिला रहेका छन् ।

उनका अनुसार सवैभन्दा वढी सात पुरुष र दुई महिला गोदावरी नगरपालिकाका रहेका छन् । त्यस्तै चार महिला र एक पुरुष धनगढी उपमहानगरपालिका रहेका छन् । अस्पतालका सूचना अधिकारी श्रेष्ठले वडा नम्बर ५ का दुई महिला, वडा नम्बर ६ का एक महिला र वडा नम्बर ८ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए । चार जना थपिएसँगै धनगढीमा संक्रमितको संख्या चार सय ४० पुगेको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना परीक्षण भएकोमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार बैतडीका ८, दार्चुलाका तीन र बझाङका एक जनामा संक्रमण पुष्टि भएको हो ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्वर ७ का ६ जना, डिलासैनी गाउँपालिकाका दुई जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना, महाकाली नगरपालिका वडा नम्वर ४ का एक जना र बझाङको दुर्गाथली गाउँपालिका वडा नम्वर २ का एक जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या संख्या ६ हजार ५ सय ९० पुगेको छ । संक्रमण पुष्टि भएका पाँच हजार सात सयले कोरोना जितेका छन् । १४ जनाको मृत्यु भएको छ ।