कञ्चनपुरको शुक्लाफाँटामा पुर्वाधार विकासले निकुञ्ज संरक्षणमा चुनौती 
2020/09/15, 4:50
 
tourist

कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुर्वाधार विकास हुँदै गर्दा निकुञ्ज संरक्षणमा चुनौती थपिदै गएको छ। शुक्लाफाँटा निकुञ्जको वरपर रहेको समुदायले निकुञ्ज क्षेत्रमा अतिक्रमण तथा चोरी निकाशी गर्ने क्रम सँगै निकुञ्ज  भित्र विकास निमार्णको क्षेत्र विस्तार हुँदा संरक्षणमा चुनौती थपिएको  हो । 

पछिल्लो समय निकुञ्जको बिच भागबाटै सडकहरु विस्तार भैरहेका छन् । यस्तै कुनै भागमा भने नहरको पनि निमार्ण भैरहेको छ । यसरी विकास निमार्णको क्षेत्रले निकुञ्ज भित्र पुर्वाधार विकास गर्दा निकुञ्ज संरक्षण सँग निकुञ्जको समग्र वातावरणमै असर पर्ने निकुञ्ज कार्यालयको भनाई छ ।

निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालका अनुसार निकुञ्जको धेरै जसो क्षेत्र अतिक्रमण भएर निकुञ्जको भविष्य नै खतरामा परेको बताए।“निकुञ्ज क्षेत्र भित्रै ढक्का शिविर भन्ने ठाउँमा ६०० ओटा घरधुरी बसोबास गर्दछन्। यस्तै तारापुर र बेलडाँडी क्षेत्रमा पनि झण्डै १०० घरधुरी निकुञ्जको क्षेत्रभित्र रहेको अवस्था छ ।”

प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, “निकुञ्ज प्रति समुदायहरुको सोच नै असतक्रमण गर्ने छ, हामीले गस्ती गरेपनि स्थानियको आक्रोस निकुञ्ज सँगै हुन्छ,तर थप अतिक्रमण भने हुन दिएका छैनौ ।”२०५१ सालमा निकुञ्जको क्षेत्र विस्तार गर्ने क्रममा अतिक्रमण भएको सो क्षेत्रमा अहिले सम्म बसोबास हटाउन नसकिएको उनले बताए । 

No description available.
यस्तै  निकुञ्ज वरिपरिको क्षेत्रमा पनि केही अतिक्रमण भएको छ भने केही नदी कटानले गर्दा निकुञ्जको क्षेत्र काटिएको छ । अहिले निकुञ्ज क्षेत्रभित्र पनि विभिन्न ठुला खाने सकड विस्तार हुने क्रममा छन्। “निकुञ्जको मध्यभाग बाटै हुलाकी सडक विस्तार भैरहेको छ, अहिलेको अवस्थामा हुलाकी सडक पिच हुने क्रममा पनि छ, भोलिको दिनमा पिच सडकमा गुड्ने सवारी साधनकोे गति धेरै भएपछि वन्यजन्तुलाई ओहोर दोहोर गर्न निकै मुस्किल पर्छ ।” संरक्षण प्रमुख पौड्यालले भने, “निकुञ्ज क्षेत्र भित्र निमार्ण गरिएका जतिसुकै विकास निमार्णका कार्य गरिएका भएपनि वन्यजन्तु अनुकुल भने निमार्ण गर्न सकिएकोे छैन ।” निकुञ्जको पुर्वपश्चिम राजमार्ग, हुलाकी सडक, कलवापुर बेलौरी सडक, महाकाली सिचाइको पुरानो नहर र नयाँ निमार्ण भैरहेको नहर लगायतको निमार्ण गरिनुले पनि निकुञ्जको क्षेत्रफलमा निकै कमी आएको छ ।

No description available.

विस्तारै निकुञ्जको प्रगती सँगै निकुञ्ज क्षेत्रभित्र पुर्वाधार विकास गर्दै गयो भने निश्चित रुपमा वन्यजन्तुको बासस्थानमा पनि समस्या हुने सम्भावना छ । विक्रम सम्वत २०२६ सालमा शाही शिकार वनको रुपमा स्थापना गरिएको उक्त क्षेत्र २०७३ साल फागुन ९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भनेर धोषणा गरिएको थियोे ।