त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्मार्ट टेलिकमले पनि काउन्टर राखेको छ । कम्पनीले विदेशबाट आउनेका लागि बिमानस्थलको आगमन क्षेत्रमा नयाँ स्मार्ट टेलिकम एयरपोर्ट काउन्टर सुरु गरेको हो ।
कम्पनीले आफ्ना ग्राहकहरु लगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउनेहरुलाई थप सेवा सुविधा प्रदान गराउनका लागि मंगलबारदेखि विमानस्थलको आगमन क्षेत्रमा नयाँ काउन्टर सुचारु गरेको हो ।
नयाँ काउन्टर मार्फत् विदेशबाट आउने ग्राहकले स्मार्टको सिम कार्ड तथा रिचार्ज कार्ड पाउने कम्पनीका मार्केटिङ प्रमुख तर्क भट्टले जानकारी दिए । उनका अनुसार अन्य स्मार्ट टेलिकमका सेवा तथा प्रोडक्टको उपभोग समेत गर्न सक्नेछन् । नयाँ काउन्टर सुचारु भएसँगै ग्राहकसँग जोडिन र गुणस्तरीय सेवा लिन ग्राहकहरुलाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।
स्मार्ट सेल नेपालको तेस्रो ठुलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो । यसको स्थापना १ जुलाई २००८ मा भएको थियो । यसले नेपालका ४५ जिल्लाहरूमा सेवा प्रदान गर्दछ । यसले सम्पूर्ण नेपालमा सेवा दिने उद्देश्यसँग आफ्नो सञ्जालको विस्तार गरिरहेको छ ।
२८ अक्टोबर, २०१७ मा कम्पनीले काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरामा आफ्नो फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवा देशका अन्य शहरहरुमा पनि विस्तारको तयारी भईरहेको कम्पनीले जनाएको छ ।