सुदूरपश्चिममा ८९८ संक्रिय संक्रमितः ३१४ घरमै, २८२ मात्रै आईसोलेसनमा
2020/09/16, 7:50
 
corona

सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय बढि अटाउने आईसोलेसन शैय्या भएपनि अधिकांश संक्रमितलाई घरमा पठाईएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा अहिले संक्रिय संक्रमितको संख्या ६ सय ९८ रहेको छ ।

उनीहरु मध्ये तीन सय १४ जना संक्रमितलाई घरमै राखिएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढि कैलालीमा दुई सय ५८ जना संक्रिय संक्रमितलाई घर पठाईएको छ । 

कञ्चनपुरका २५, डडेल्धुराका नौँ, बैतडीका ८, डोटीका सात, अछामका ५ र दार्चुलाका दुई जना संक्रिय संक्रमितलाई घर पठाइएको छ । निर्देशनालयका अनुसार अहिले प्रदेशको संस्थागत आइसोलेसनमा दुई सय ८२ संक्रमितलाई मात्रै राखिएको छ ।

कैलालीका ९६, बझाङका ६२, डोटीका ६१, कञ्चनपुरका ४७, डडेल्धुराका नौँ, दार्चुलाका चार र अछामका तीन जना संक्रमितलाई संस्थागत आईसोलेसनमा राखिएको छ । उनीहरु मध्ये लक्षण देखिएका ५२ जनाको मात्रै अस्पतालको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।