सुदूरपश्चिममा कोरोना परिक्षण गरिएका नमुनामध्ये ९ प्रतिशतमा कोरोना पुष्टि
2020/09/16, 7:59
 
corona

सुदूरपश्चिम प्रदेशमा ७३ हजार बढिको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार एक सय ९४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

धनगढी प्रयोगशाला मार्फत ३८ हजार ८ सय २६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत १५ हजार तीन सय र डोटी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत दुई हजार ५ सय ६६ जनाको कोरोना परीक्षण भएको छ । 

निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ७५ हजार दुई सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार ५५ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरीएका ९ प्रतिशत अर्थात ६ हजार ६ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

सबैभन्दा बढि कैलालीमा दुई हजार एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा एक हजार ३१, अछाममा नौँ सय ९२, कञ्चनपुरमा सात सय ५१ र बाजुरामा ६ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बझाङका चार सय ८२, बैतडीका तीन सय ८१, डडेल्धुराका तीन सय ४१ र दार्चुलाका ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ५ हजार सात सयले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ ।