सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७१५ पुग्यो
2020/09/17, 3:23
 
corona

कैलालीका १६ जना सहित सुदूरपश्चिममा बिहिबार थप ५६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ३३ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका १६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनले धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ र  १३ का एकरएक जना र वडा नखुलेका एक जनामा कोरोना पुष्टि भएको बताए ।  यस्तै कैलालीको गौरीगंगा नगरपालिका–६ र भजनी नगरपालिकाका–५ तीनरतीन जना र गोदावरी नगरपालिका–४ का एक जनामा कोरोना पुष्टि भएको उनले बताए । कञ्चनपुरको पुर्नवास नगरपालिका–५ का चार जना, महाकाली नगरपालिका–२  र बेलौरी नगरपालिकाका एक एक जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । १७६ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले २९ पुरुष र ५ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

उनका अनुसार अछामको साफेबगरका १७ जना, डोटीको शिखर नगरपालिकाका ८ जना, डोटीकै दिपायल सिलगढी नगरपालिकाका ५ जना र डोटीकै केआइसिँह गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ७ सय १५ पुगेको छ ।