चोरीका दुई वटा कार सहित युवक पक्राउ
2020/05/22, 1:14
 
Police

धनगढीमा चोरीका दुईवटा कार सहित युवक पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को उत्तरबेहडीबाट चोरीका कार सहित युकवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले कार सहित चोरीमा संलग्न दाङको तुल्सीपुर नगरपालिका वडा नम्बर ५ न्युरोड टोल घर भई धनगढी १ बसन्त टोल बस्दै आएका १६ वर्षीय नबिन सार्कीलाई पक्राउ गरिएको जानकारी दिए।

जेठ ३ गते धनगढी उपमहानगरपालीका वडा नम्बर ४ उतरबेहडीका राजेन्द्र बहादुर मल्लले घर अगाडी सडकमा पार्किङ गरी राखेको अवस्थामा बा.८ च.२१०० नम्बरको कार र  ७ गते राती सोही ठाउँका रबिन्द्र देव भट्टको डेरा कोठा भएको घरको आगनमा राखेको होन्डाई कम्पनीको बा. १४ च. ४७८१ नम्बरको गाडी चोरी भएको विषयमा अनुसन्धान गर्दै जादा युवकलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

यस्तै युवकको साथबाट कारबाट चोरी भएको १२ हजार चार सय ७० रुपैया, विभिन्न कागजात र दुईवटा  मोबाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।