सुदूरपश्चिमका ५७१४ जनाले जिते कोरोना, ८०२ सक्रिय संक्रमित
2020/09/18, 9:16
 
corona

सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय बढिले कोरोना जितेका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिहिवार थप सात जनाले कोरोना जितेको जानकारी दिए ।

उनका अनुसार कैलालीबाट पाँच, कञ्चनपुरबाट एक र दार्चुलाबाट एक जना जनालाई बिहिवार डिस्चार्ज गरिएको हो । योसंगै प्रदेशमा पाँच हजार सात सय १४ संक्रमितले कोरोना जितेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ७६ जना निको भएर घर फर्किएका छन् । यस्तै डोटीका नौँ सय २८, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ९२ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ७६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।

स्वास्थ्य निर्देशनायका अनुसार प्रदेशमा संक्रिय संक्रमितको संख्या ८ सय दुई रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार सात सय नाघेको छ । संक्रमण पुष्टि भएका १५ जना संक्रमितको मृत्यु भईसकेको छ ।