नक्कली शैक्षिक योग्यता पेश गर्ने विद्यालय निरिक्षकलाई भ्रष्टाचार मुद्दा
2020/05/22, 3:42
 
aktiyar

नक्कली शैक्षिक योग्यता पेश गर्ने विद्यालय निरिक्षकलाई भ्रष्टाचार मुद्दा लागेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाने तत्कालीन जिल्ला शिक्षा कार्यालय, कैलालीका विद्यालय निरीक्षक पदमा कार्यरत चक्र बहादुर कुँवरलाई भष्ट्राचारको मुद्धा लागेको हो ।

उनी विरुद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर २ का कुँवरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विगत लामो समयसम्म जागीरी खाईरहेको भन्ने उजुरीका आधारमा छानविन अख्तियारले छानविन गरेको थियो । छानविनका क्रममा शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, इलाहावाद, भारतबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको नक्कली प्रमाण पत्रको आधारमा सेवा बहाल तथा बढुवा भएका थिए । सोही  पुष्टिको आधारमा उनलाई साविक भष्ट्राचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन माग दाबी गरिएको छ ।