धनगढीका विद्यालयले असोज १५ भित्र बर्गिकरण भर्ना लिने, शुल्क बढाउन नपाउने
2020/09/19, 8:57
 
corona

सरकारले ल्याएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को उप–महानगरपालिकाले कार्यान्वयनका लागि थालेको छलफलले बिभिन्न निर्णय गरेको छ ।  शिक्षा सरोकारवालाहरु संगको छलफल पछि अभिलेखिकरण र बार्गिकरण सम्वन्धी महत्वपूर्ण निर्णय भएको शिक्षा महाशाशाका अधिकृत महादेव जोशीले बताए । उनले भने, यसले सामुदायीक तथा संस्थागत विद्यालय, विद्यार्थी र अभिभावकमा रहेको अन्यौला हटाउने छ । 

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ मा भएको प्रावधान वमोजिम सिकाई वर्गिकरण भर्ना गर्दा अभिभावकहरुले आ–आफ्नो वालवालिकालाई अनलाइन माध्यम वा टेलिभिजन माध्यम वा ऐफएम रेडियो माध्यम वा सामजिक भौतिक दुरी र स्वास्थ्य सम्वन्धि सतर्कता अपनाइ विद्यालयमा उपस्थित भइ प्रत्यक्ष कक्षा संचालनमा सहभागि गराउने हो वा विकल्प प्रदानगरी मन्जुरी गराई २०७७ असोज १५ गते भित्र वर्गिकरण भर्ना गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

अनुसार सिकाई अध्ययन अध्यापन  २०७७ असोज १६ देखि सुचारु गर्ने निर्णय गरिएको छ । यस पटक संस्थागत विद्यालयहरुले सैक्षिक सत्र २०७६ कै अनुसार मात्र शिक्षण शुल्क लिन पाउने निर्णय भएको छ । यस वर्षको लागि अन्यथा व्यवस्था नभए सम्म शैक्षिक सत्र २०७७ साल असोज देखि २०७७ साल चैत्र महिना सम्म कायम हुने गरी शैक्षिक कार्यक्रम संचालन गर्ने निर्णयमा उल्लेख छ ।