
सुदुरपश्चिममा ३८ दिनपछि बैतडीमा थप एक जना कोरोना संक्रमित देखिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दिल्ली नारायण पाण्डेयले जानकारी दिए । थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको छ ।
वैशाख १५ गते पक्राउ गरिएको संक्रमित थुनुवा चैत ६ गते भारतबाट नेपाल आएका थिए । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ४ मा मृत भेटिएकी युवतीको हत्या आरोपमा उनलाई पक्राउ गरिएको थियो।
