सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या बढ्दै, एक हजार नाघ्यो
2020/09/26, 9:15
 
corona

सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ । मन्त्रालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक  अनुसार प्रदेशमा एक हजार एक जना संक्रिय संक्रमित छन् ।

सबैभन्दा बढि कैलालीमा चार सय ८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय २९, डोटीमा एक सय २३, बझाङमा एक सय १३, बैतडीमा ७९ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै दार्चुलामा ३७, कञ्चनपुरमा ३४ र डडेल्धुरामा ११ जना संक्रिय संक्रमित रहेका छन्। बाजुरा जिल्लामा भने संक्रिय संक्रमितको संख्या सून्य छ । 

प्रदेशका पाँच हजार ८ सय ७३ जनाले कोरोना जितेका छन् । सबैभन्दा बढि कैलालीका एक हजार सात सय ४५, डोटीका नौँ सय ४७, अछामका नौँ सय १६, कञ्चनपुरका सात सय २९, बाजुराका चार सय ५१, बझाङका तीन सय ८९, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४६ जनामा संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय ८७ पुगेको छ भने स्वास्थ्य मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ । संक्रमित १६ जनाको मृत्यु भईसकेको छ ।