सुदूरपश्चिमका ६०१९ ले कोरोना जिते, कुन जिल्लाका कति घर फर्किए ? 
2020/09/28, 8:50
 
corona

सुदूरपश्चिम प्रदेशमा ६ हजार बढि कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार एक सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार नाघेको हो ।

आईतबार कैलालीका ८८ जना, बझाङका ३३ जना, कञ्चनपुरका चार र दार्चुलाका तीन जना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरु मध्ये कैलालीका ८४ जना भने विभिन्न मितीमा डिस्चार्ज भएकोमा आईतबार मात्रै तथ्याङ्क अध्यावधिक गरिएको जनाएको छ ।

यो सँगै प्रदेशभर संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको छ । सबैभन्दा बढि एक हजार आठ सय ३५ जना डिस्चार्ज भएका छन । यस्तै अछामका नौ सय २४, कञ्चनपुरका सात सय ४१, डोटीका नौ सय ४७, बझाङका चार सय २२, बाजुराका चार सय ५१, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जनाले कोरोना जितेको दावी गरिएको छ ।

प्रदेशभर अहिलेसम्म सात हजार तीन सय बढिमा कोरोना संक्रमण पुष्टि भईसकेको स्वास्थ्य तथा जनसंख्या निर्देशनालयले जनाएको छ ।तर प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा भने सात हजार ५१ जना मात्रै संक्रमित रहेको उल्लेख छ । सुदूरपश्चिमका २० जनाको कोरोना संक्रमणकै कारणबाट मृत्यु भईसकेको छ ।