
धनगढीमा ५० शैयाको कोरोना अस्पताल तयार भए पनि सञ्चालनमा आउन सकेको छैन् । कोरोना भाइरस संक्रमणका बिरामीको उपचारका लागि प्रदेश सरकारको ९४ लाख बजेटमा निर्माण सम्पन्न गरिएको अस्पताल भवन सञ्चालनमा आउन नसकेको हो ।

निर्माणको जिम्मा पाएको कम्पनीले भने स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिसकेको जनाएको छ । आवश्यक उपकरण जडान भईरहेकोले स्वास्थ्य अवस्था सामान्य रहेका र शंकास्पद बिरामीलाई अस्पतालमा राख्न सकिने स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले बताए ।
जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन कक्ष सहितको भवन निर्माणको जिम्मा किनारा कन्ट्रक्सनले पाएको थियो । सेती प्रादेशिक अस्पतालमा २४ शैयाको आईसोलेसन कक्ष मात्रै रहेको छ । अहिले अस्पतालको आईसोलसनमा २२ जना कोरोनाका शंकास्पद विरामीलाई राखिएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 12:49
2020/09/11, 5:55
2022/07/17, 2:55
2023/11/28, 8:45
2021/02/24, 10:09