सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७३३४ पुग्यो 
2020/09/29, 8:47
 
corona

मंगलबार  सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालासहित प्रदेशका चार वटा प्रयोगशालामा २४ घण्टामा चार सय ५५ जनाको कोरोना परीक्षण भएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६१ जनाको कोरोना परीक्षण भएकोमा २८ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका अनुसार धनगढी उप–महानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ८ जना, वडा नम्वर ५ का दुई जना, वडा नम्वर २, ८ र वडा नखुलेका एकरएक जनामा संक्रमण पुष्टि भएको हो । कैलालीकै लम्कीचुहा नगरपालिकाका तीन जना, गोदावरी नगरपालिकाका दुई जना, जानकी र मोहन्याल गाउँपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । 

कञ्चनपुरको पुनरवास नगरपालिकाका दुई जना, बेलौरी, कृष्ण, शुक्लाफाँटा नगरपालि र डोटीको केआईसिंह गाउँपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका दुई जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । 

उता जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा आज ६ जनामा कोरोना परीक्षण भएकोमा तीन जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज ७७ जनाको कोरोना परीक्षण भएकोमा अजयमेरुका एक जनामा संक्रमण पुष्टि भएको छ ।

डोटी अस्पतालको प्रयोगशालामा ७० जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने बझाङ जिल्लाको अस्पतालको प्रयोगशालामा आज कोरोना परीक्षण हुन सकेको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन ३४ पुगेको छ । ६ हजार एक सय बढिले कोरोना जितेका छन् भने २१ जनाको मृत्यु भएको छ ।