सुदूरपश्चिममा १०२४ संक्रिय संक्रमित, ६११० जनाले कोरोना जिते 
2020/09/30, 8:58
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमित एक हजार नाघेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार २४ पुगेको छ । ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या पाँच सय एक रहेको छ । 

निर्देशनालयका अनुसार डोटीमा एक सय ३६, बझाङमा एक सय १७, अछाममा ९७, बैतडी ८४, कंचनपुरमा ४७, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ । 

६ हजार बढीले कोभिड–१९ जिते
सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार बढी कोभिड–१९ संक्रमित निको भएका छन् । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार एक सय ५० जनामा कोभिड–१९ पोजेटिभ आएकोमा ६ हजार एक सय १० जना निको भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ८ सय ७२ जना निको भएर घर फर्किएका छन् ।

यस्तै अछामका नौँ सय ६९, डोटीका नौँ सय ५१ र कञ्चनपुरका सात सय ४२ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका चार सय ५१ जना, बझाङका चार सय २२, बैतडीका तीन सय ३१, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ५१ जना संक्रमित पनि डिस्चार्ज भएका छन ।

प्रदेशमा २१ जनाको मृत्यु
चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एकरएक जना संक्रमितको मृत्यु भएको हो । त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन् । दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन् ।