सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या बढ्दैः एक्टि केसको संख्या ११९३ पुग्यो
2020/10/01, 8:36
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमित एक हजार दुई सय नजिक पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार एक सय ९३ पुगेको हो । ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय ५७ रहेको छ । 

निर्देशनालयका अनुसार डोटीमा एक सय ३४, बझाङमा एक सय ११, अछाममा एक सय, बैतडी ८५, कंचनपुरमा ६३, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ । 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार एक सय बढी कोभिड–१९ संक्रमित निको भएका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार तीन सय ४५ जनामा कोभिड–१९ पोजेटिभ आएकोमा ६ हजार एक सय ३६ जना निको भएका छन ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ८ सय ७२ जना निको भएर घर फर्किएका छन । यस्तै अछामका नौँ सय ६९, डोटीका नौँ सय ६० र कञ्चनपुरका सात सय ४७ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ५१ जना, बझाङका चार सय ३१, बैतडीका तीन सय ३१, डडेल्धुराका तीन सय २४ र दार्चुलाका ५१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक एक जना संक्रमितको मृत्यु भएको हो । त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन् ।