
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष र सचिवलाई कोभिड १९ को संक्रमण भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएपछि अहिले दुवै जना सेल्फ आइसोलेसनमा बसेका छन् । एक साताअघि चितवनमा भएको क्यानको केन्द्रीय समितिको बैठकमा सहभागी भएर आएपछि दुवै जनाले कोरोना परीक्षण गराउँदा संक्रमण देखिएको हो ।

चितवन जानुअघि नै सचिव प्याकुरेललाई केही असहज भएको थियो । त्यसलगत्तै काठमाडौं आएपछि उनले कोरोना परीक्षण गराएका थिए । उनलाई संक्रमण देखिएको तीन÷चार दिएको छ। पछि अध्यक्ष चन्दलाई पनि स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए। अहिले दुवै जना सेल्फ आइसोलेसनमा बसेका छन् । क्यानका अध्यक्ष र सचिवको सम्पर्कमा आएका सबै जना सेल्फ क्वारेन्टिनमा बसेको बताइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02