कैलालीका १२ सहित सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि
2020/10/01, 6:30
 
korona

 कैलालीका १२ सहित सुदूरपश्चिम प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका चार वटा प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर २, ३, ४ र ५ का एक/एक जना, गौरीगंगा नगरपालिका वडा नम्वर ११ का एक जना, चुरे गाउँपालिका वडा नम्वर ४ का एक जना, गोदावरी नगरपालिकाका दुई जना र भजनी नगरपालिकाका चार जनामा संक्रमण पुष्टि भएको बताए।  

यस्तै कञ्चनपुरको बेलौरीका एक जना, पुनरवासका दुई जना, महाकालीका एक जना, डडेल्धुराको परशुरामका एक जना र डोटीको बडिकेदारका दुई जनामा संक्रमण पुष्टि भएको हो। डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ९३ जनाको कोरोना परीक्षण भएकोमा सात जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र एक महिला गरी ६ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको बताए।  

उता बैतडीका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको हो। जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाका अनुसार बिहिबार पुष्टि हुनेमा सुर्नया गाउँपालिका वडा नम्वर ५ का ३३ वर्षीय पुरुष रहेका छन्। 

जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ६५ जनाको कोरोना परीक्षण भएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५५ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय ७० पुगेको छ भने ६ हजार एक सय बढिले कोरोना जितेका छन्। २२ जना संक्रमितको मृत्यु भएको छ।