सुदूरपश्चिममा राष्ट्रिय युवा संघको इन्चार्ज र सहइन्चार्ज टुङ्गो
2020/10/02, 1:04
 
incgarge

नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले एकता प्रक्रियालाई पूर्णता दिएको छ । संघको बिहिबार बसेको बैठकले ७७ जिल्लाका संयोजक र सहसंयोजकको टुङ्गो लगाएको हो ।

सुदूरपश्चिममा कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम र दार्चुलामा युवा संघले इन्चार्ज र सहसंयोजक पाएको छ भने वाइसिएलले संयोजक र सहइन्चार्ज पाएको छ । यस्तै, कैलाली, बैतडी, बझाङ र बाजुरामा वाइसिएलले इन्चार्ज र सहसंयोजक पाएको छ भने युवा संघले संयोजक र सहइन्चार्ज पाएको छ ।

कैलालीमा इन्चार्जमा डबल खाती र सहइन्चार्जमा बाबुराजा श्रेष्ठलाई जिम्मेवारी दिईएको छ । कञ्चनपुरको इन्चार्जमा मिलन सिंह र सहइन्चार्जमा योगेश साउद, डडेल्धुराको इन्चार्जमा भुवन पाठक र सहइन्चार्जमा धन बहादुर जाग्रीलाई जिम्मेवारी दिइएको छ । 

डोटीको इन्चार्जमा नरेस मलासी, सहइन्चार्जमा सुरेन्द्र बहादुर विक, बैतडीमा इन्चार्जमा कमल बोहोरा, सहइन्चार्जमा विष्णा चन्द, बझाङमा इन्चार्जमा अमरराज भण्डारी, बाजुराको इन्चार्जमा कविजंग शाही र सहइन्चार्जमा शंकर मल्ललाई जिम्मेवारी तोकिएको छ । 

अछामको इन्चार्जमा शिव बोगटी, सहइन्चार्जमा दिपक कुँवर, दार्चुलाको इन्चार्जमा नरेश गिरी र सहइन्चार्जमा नरबहादुर विष्टलाई जिम्मेवारी दिइएको छ । युवासंघले संयोजक र सहसंयोजकको जिम्मेवारी भने यसअघि नै दिइसकेको थियो ।