अन्यौलमा धनगढी प्रिमियर लिगः यो बर्ष होला कि नहोला ? 
2020/10/03, 11:03
 
DPL

धनगढी प्रिमियर लिग क्रिकेट माघ फागुनमा आयोजना हुदैं आएको थियो । हरेक बर्ष आयोजना हुने प्रतियोगिताको चौथो संस्करणमा फागुनमा तोकिएको थियो । सो समयमा राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्य तालिकाको कारण प्रतियोगिता आयेजना हुन नसकेको भन्दै मिति सारेर यो बर्षको दशैं तिहारको समयमा आयोजना गर्ने घोषणा गरिएकको थियो । 

2

2

2

फागुनमा आयोजक धनगढी क्रिकेट एकेडेमी डिसिएले प्रेस विज्ञप्ती जारी गर्दै नयाँ मिति अनुसार प्रतियोगिता कात्तिक ८ देखि २२ गतेसम्म हुने जानकारी दिएको थियो । तर यसपालीका लागि तोकिएको समयमा पनि प्रतियोगिता आयोजना गर्न सकिने अवस्था छैन् । यसअघि एकेडेमीले फागुन ३ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना हुने जानकारी गराएको थियो ।

2

2

त्यसपछि दोस्रो पटक कात्तिक ८ देखि २२ गतेसम्म हुने घोषणा भएको थियो । दोस्रो पटक तोकिएको मितिमा पनि प्रतियोगिता आयोजना हुन नसक्ने अवस्था आएको छ । प्रतियोगिताको नयाँ मिति केही दिनमा प्रेस विज्ञप्ती मार्फत जानकारी दिन लागिरहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए । उनका अनुसार लिगको कार्तिकमा तोकिएको मितिमा प्रतियोगिता गर्न नसकिने पनि तीन चार महिना पछाडी धकेरेर आयोजना गर्न सकिने स्थिति रहेको छ ।

2

2

‘कोरोना महामारीका कारण दोस्रो पटक तोकिएको मितिमा हुन नसक्ने भएको हो । तर यसको अर्थ हुदैंन भन्ने होईन ।’ उनले भने–‘नेपालका अन्तराष्ट्रिय म्याचहरु पनि पछाडी सरेका छन् । कुन समयमा म्याचहरु छैनन् भनेर समय उपलब्ध गराई दिन नेपाल क्रिकेट संघलाई आग्रह गरेका छौं ।’

1

2
शाहीले प्रतियोगिता आयोजन ा गर्नका लागि प्रायोजकहरुको समस्या नरहे पनि खाली समय नपाउँदा लिग गर्न समस्या भएको बताए । उनले प्रायोजकहरुसँग निरन्तर कुरा भईरहेको भन्दै समय पाएको तीन चार महिनामा तयारी थालेर प्रतियोगिता गर्ने गरी लागिरहेको जानकारी दिए । खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने छ। ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहँदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सीवाईसी अत्तरियाले जितेको थियो।

2

1

देशकै सर्वाधिक राशिको प्रतियोगिता समेत रहेको डीपीएलको तेस्रो संस्करण २०७५ सालमा आयोजना भएको थियो । सो संस्करणको विजेता सीवाईसी अत्तरियाले ३० लाख रुपैयाँ हात पारेको थियो । यस अघिका दुवै संस्करणको उपाधि साबिक धनगढी टिम चौराह हालको (धनगढी स्टार्स) ले जितेको थियो ।

2

2

लिगमा रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दै आएका छन् । धनगढी प्रिमियर लिग एक व्यावसायिक क्रिकेट लिग हो जुन नेपालको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजना हुने गर्दछ ।

2

2

यो क्रिकेट प्रतियोगिता धनगढी क्रिकेट लिगको परिमार्जित रूप पनि हो । यो विस २०७३ सालमा स्थापना भएको थियो । यसका संस्थापकहरू धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम क्रिकेट एकेडेमी हुन् ।

2

2

पहिलो पटकको प्रतियोगितामा पारस खड्काको कप्तानी रहेको तथा प्रतियोगिताको आयोजक टोली टिम चौराहा धनगढीले उपाधि उचालेको थियो भने दोस्रो संकरणमा पनि टिम चौराहा धनगढीले दोस्रो पटक उपाधि जितेको थियो ।

1

2

तर कप्तान भने सोमपाल कामी रहेका थिए । तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधि भने दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरीयाले जितेको थियो ।

2

प्रतियोगिताको दोस्रो संस्करणदेखि उत्कृष्ट स्वदेशी खेलाडीलाई गोल्ड स्टार जुत्ताको तर्फबाट सुनौलो जुत्ता पनि प्रदान गरिर्दै आएको छ ।

1

2

जुन पुरस्कार पहिलो पटक ललित भण्डारी जितेका थिए भने दोस्रो पटक दिपेन्द्र सिंह ऐरीले पाएका थिए । 

2

2