दुई बर्षदेखि हुन नसकेको डीपीएल आयोजनाको नयाँ मिति छिट्टै घोषणा गरिने
2020/10/04, 8:15

विविध समस्याका कारण गत वर्ष हुन नसकेको धनगढी प्रिमियर लिग (डीपीएल) को मिति छिट्टै घोषणा गरिने भएको छ । गत बर्ष फागुन ३ देखि १५ गतेसम्म लिग गर्ने घोषणा गरिएकोमा राष्ट्रिय टोलीको व्यस्तताका कारण चौथो संस्करण २०७७ कात्तिक ८ गते देखि गर्ने घोषणा गरिएको थियो ।
तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम तथा सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण सो मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

प्रतियोगिताको नयाँ मिति यथाशिघ्र चाँडो घोषणा गर्ने र सहयोगको अपेक्षा राखेको शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21