शिक्षकलाई कोरोना देखिएपछि पठनपाठन बन्द
2020/10/05, 11:58
 
corona

 शिक्षकलाई कोरोना देखिएपछि धनगढीको त्रिभुवन माध्यामिक विद्यालयले पठनपाठन बन्द गरेको छ। कोरोना प्रभावका कारण जारी एक सय २० दिन लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले गर्दा ६ महिना देखि बन्द रहेको विद्यालय गत शुक्रवारदेखि संञ्चालनमा आएको थियो।

तर सोही विद्यालयका शिक्षकलाई शनिवार कोरोना पुष्टि भएपछि एक साताका लागि पठनपाठन बन्द गरिएको प्रध्यानाध्यापक सीताराम अवस्थीले बताए।  ‘स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर विद्यालय संञ्चालन गरेका थियौं,’ उनले भने, ‘शिक्षकलाई नै कोरोना देखिएपछि एक साताका लागि विद्यालय बन्द गरेका छौं।’

धनगढी उप–महानगरपालिकाका अन्य सरकारी विद्यालयहरु समेत संञ्चालनमा आएका छैनन्।