सरकारको लापरबाहीले कोरोना संक्रमण फैलियोः महर (भिडियो सहित)
2020/10/05, 2:36
 
neta

नेपाली काग्रेस कोरोना अनुगमन समितीका सदस्य तथा नेपाल विधार्थी सघका पूर्व अध्यक्ष नैनसिह महरले सरकारले लापरबाही गरेकै कारण मुलुकमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको बताएका छन् । सोमवार धनगढीमा नेपाल पे्रस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काग्रेसले पटक पटक सरकारलाई गम्भिर हुन आग्रह गरेपनि सरकारले चासो नदिएको आरोप लगाए ।

‘हामीले सबै जिल्लामा पिसिआर मेसिन राखौँ, स्वाथ्य जाच बढाउने भन्दा पनि सरकारले चासो दिएन’ उनले भने ‘प्रत्येक प्रदेशमा एउटा कोरोना अस्पताल बनाउ भन्दा पनि सरकारले मानेन ।’  काठमाडौँमा धेरैको परीक्षण गर्दा धेरै संक्रमित फेला परेको बताउँदै उनले मुलकभर लाखौँको परीक्षण गर्दा हजारौँ संक्रमित थपिने बताए ।सरकारले कोरोना नियन्त्रणका लागि ल्याएको बजेट पनि प्रभावकारी नभएको उनले बताए । ‘सरकारले कोरोनाको काममा भष्ट्रचार गरेको छ’ उनले भने ‘तीनै तहको सरकारमा कोरोनाको नाममा व्यापक भष्ट्रचार भएको छ ।’

तीनै तकको सरकारले फर्जि बिल बनाएर आर्थिक अनियमितता गरेको समेत उनले आरोप लगाए ।कोरोना अनुगमन समितिले सरकारले ब्यापक भष्ट्राचार गरेको ठहर गर्दै संघर्ष गर्न चेतावनी समेत दिए । ‘हामीलै आजको बैठकमा संर्घषका कार्यक्रम तय गर्ने कार्यसूचि रहेको थियो तर बैठक स्थगित भयो’ उनले भने ।

फरक प्रसंगमा नेता महरले अबको महाधिवेशनमा काँग्रेसमा युवा नेतृत्व आउने दाबी गरेका छन् । ३ पटक सम्म सांसद भइसकेको र ३ पटक सम्म केन्द्रिय सदस्य भइसकेकाहरुलाई अब अबसर दिनु हुन्न उनले भने अब नयाँ युवालाई ल्याउनु पर्छ ।काँग्रेस भित्र व्यापक गुटबन्दी रहेको उनले स्विकार गरे । अब चुनाबमा समुह नबनाएर एक्ला एक्लै प्रतिप्रर्धा गर्दा गुटबन्दीको अन्त्य हुने उनले बिश्वास ब्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशमा बलात्कार जस्ता जघन्य अपराध बढिरहेको भन्दै उनले सरकारले यस्ता घटना रोक्न नसकेको आरोप लगाए । ‘सरकारले राम्रो काम गर्नै सकेन’ उनले भने ‘हत्या हिंसा बढ्यो, बिकास निर्माण रोकियो ।’