
सेती प्रादेशिक अस्पतालको आईसोलेसनबाट १६ जना डिस्चार्ज भएका छन । भारतबाट फर्केएर गौरीफन्टा नाकामा आरडीटी पोजेटिभ देखाएपछि अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएका १६ जनालाई डिस्चार्ज गरिएको हो ।

रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । आईसोलेसनमा भर्ना भएका धनगढी उपमहानगरपालिका तीन जना, बैतडीका पाँच जना, डोटीका दुई जना, अछामका दुई जना, डडेल्धुराका एक, कञ्चनपुरका एक जना र बझाङका दुईजना डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
जेठ ८ गते भारतबाट फर्किएका उनीहरुलाई आरडीटी पोजेटिभ देखाएपछि अस्पताल भर्ना गरिएको थियो ।

2025/05/02, 12:59
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/19, 6:44
2022/04/06, 11:09
2020/06/24, 4:08
2020/10/31, 12:36