सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कोरोना निको हुनेको संख्या ६ हजार ५ सय ७९ पुगेको छ । सोमबार ९ जना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन । टीकापुर अस्पतालबाट १, महाकाली अस्पतालबाट ३, कन्चनपुरबाट ३ र बैतडीबाट २ जना गरी ९ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार ३५ रहेको छ । सुदूरपश्चिमको कैलालीमा संक्रिय संक्रमितको संख्या ५ सय ८२, डोटीमा १ सय २१, बझाङमा १ सय ११, अछाममा ६०, बैतडी ३३, कंचनपुरमा ८७, दार्चुलामा २७ र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा ७ हजार ६ सय ३२ जना सक्रमित रहेका छन । सुदूरपश्चिमका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।