बैतडीका थुनुवा संक्रमित भएपछि सम्पर्कमा आएका ३२ प्रहरी सहित ४६ जनाको स्वाब संकलन
2020/05/24, 10:38

बैतडीका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३२ प्रहरी सहित ४६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ । संक्रमित युवकको सम्पर्कमा आएका ३२ जना प्रहरी, जिल्ला अदालत र सरकारी वकिलको कार्यालयका कर्मचारी समेत गरी ४६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले बताए ।

संकलित नमूना परीक्षणका लागि शनिबार नै धनगढी पठाईएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिका २२ वर्षीय युवकमा शुक्रबार कोरोना पुष्टि भएको थियो । कर्तव्य ज्यान मुद्दामा गत बैशाख १६ गते पक्राउ परेका युवकमा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको थियो । उनी गत चैत ६ गते भारतबाट फर्किएका थिए ।
उनलाई अहिले जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2024/11/29, 12:15
2020/07/27, 8:47