सुदूरपश्चिमबाट बिभिन्न जिल्लाबाट निको हुनेको संख्या ६ हजार ६ सय पुग्यो
2020/10/07, 6:58
 
corona

सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट निको हुनेको संख्या ६ हजार ६ सय पुगेको छ । सोमबार १८ जना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन ।

सेति अस्तालबाट २, महाकाली अस्पतालबाट २, बझाङबाट २ र अछामबाट १३ जना गरी १८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार ४३ रहेको छ । सुदूरपश्चिमको कैलालीमा संक्रिय संक्रमितको संख्या ६ सय २, डोटीमा १ सय २२, बझाङमा १ सय ७, अछाममा ५२, बैतडी ३३, कंचनपुरमा ८६, दार्चुलामा २७ र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा ७ हजार ६ सय ६१ जना सक्रमित रहेका छन ।  सुदूरपश्चिमका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।