
इण्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथलाई १२ लाख भारतीय रुपैयाँ जरीवाना गरिएको छ ।

गएराती सम्पन्न मुम्बई इण्डियन्सविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गराएको भन्दै आयोजक आइपिएल गभर्निंग काउन्सिलले स्मिथलाई जरिवाना गरेको हो ।
सो खेलमा राजस्थान मुम्बईसँग ५७ रनले पराजित भएको थियो ।

जारी आइपिएलमा राजस्थानको यो तेस्रो हार हो । अहिलेसम्म खेलेका ५ खेलमा राजस्थान ३ खेलमा हार बेहोरेको छ भने २ खेल जितेको छ ।
आइपिएल अन्तर्गत आज कोलकोता नाइटराइडर्स र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02