
सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय बढीजना कोरोना मुक्त भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ हजार ६ सय ८८ जना संक्रमित निको भएका हुन ।

बुधबार सेती प्रादेशीक अस्पतालबाट एकजना,कञ्चनपुरबाट २ जना, कैलालीबाट २७ जना डिस्चार्ज भएका छन् । त्यसैगरि बिभीन्न मितीमा कैलालीबाट ६१ जनालाई अपडेट गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या १ हजार ७४ रहेको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ७०, डोटीमा १ सय २४, बझाङमा १ सय ९, अछाममा ५२, बैतडी ३३, कंचनपुरमा ९९, दार्चुलामा ७३ र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21