
सरकारले डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्ने भएको छ। चिकित्सा शिक्षा सुधारका अभियान्ता अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमती गर्दै सरकारले डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्न प्रक्रिया थालिने जनाएको छ।

मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन समेत तयार भईसकेकाले अगामी वर्ष भित्र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले स्थापनाको प्रक्रिया थाल्ने सहमती सरकार र डा. केसीबीच भएको सहमती पत्रमा उल्लेख छ।
डा. केसीले सुदूरपश्चिमका ७ पहाडी जिल्लाका लागि डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना हुनुपर्ने माग उठाउँदै आएका थिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25