सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८२६७ पुग्यो, कैलालीमा मात्र २९५५ संक्रमित
2020/10/12, 6:54
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार दुई सय नाघेको छ । आईतबार कैलालीका ६१ सहित थप ९५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार दुई सय ६७ पुगेको हो।

प्रदेशको राजधानी कैलालीमा मात्र झण्डै तीन हजार जनामा संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा दुई हजार नौँ सय ५५ जना संक्रमित छन्। कैलालीपछि डोटीमा एक हजार एक सय २६ जना, अछाममा एक हजार एक सय एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै कञ्चनपुरमा नौँ सय १६, बझाङमा पाँच सय ६५, बाजुरामा चार सय ५३, बैतडीमा चार सय ३७, डडेल्धुरामा तीन सय ४३, दार्चुलामा एक सय ४७ जना संक्रमित रहेका छन्। संक्रमण पुष्टि भएका मध्ये ६ हजार आठ सय ८४ जनाले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढि कैलालीमा दुई हजार तीन सय २९, अछाममा एक हजार ६, डोटीमा एक हजार एक, कञ्चनपुरमा ७ सय ८९, बाजुरामा चार सय ५१ जना संक्रमण मुक्त भएका छन्। यस्तै बझाङमा चार सय ४९, बैतडीमा चार सय दुई, डडेल्धुरामा तीन सय २६ र दार्चुलामा ७१ जनाले कोरोना जितेका हुन्। ९ वटै जिल्लामा एक हजार एक सय ६३ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।